Comments Add Comment

बंगला बिमान दुर्घटनाका घाइते ताम्रकार र त्रिपाठी घर फर्किए

४ चैत, काठमाडौं । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइतेहरु मध्ये दुईजना सफल उपचारपछि घर फर्किएका छन् ।

काठमाडौं कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले दुबैजनालाई खादा लगाएर स्वास्थ्यलाभको कामना गरे ।

बनस्थलीका हरिप्रसाद सुबेदी र कीर्तिपुरका बिनोदराज पौडेलको भने उपचार जारी छ ।

गत सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए ।

घाइते मध्ये चार जनालार्इ उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment