Comments Add Comment

उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोस्रो पटक पनि निर्वाचित


४ चैत, काठमाडौं । नन्दबहादुर पुन दोस्रो पटक पनि उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको जानकारी दिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ अनुसार उनी उपराष्ट्रपति निर्वाचित भएका आयोगले जनाएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि एकजना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी तोकिए बमोजिम घोषणा गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाए पनि उपराष्ट्रपतिमा भने कसैलाई उम्मेदवार बनाएन ।

यसअघि आयोगले उपराष्ट्रपति निर्वाचनको मिति चैत ९ गते तोकेको थियो । तर उपराष्ट्रपति आइतबारै निर्वाचित भएको घोाषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment