Comments Add Comment

असनमा खट जुधाउने जात्रा, हेर्नुस् ९ तस्वीर

४ चैत, काठमाडौं । व्यस्त बजार असनमा सोमबार बेग्लै रौनक थियो । अधिकांश मानिसहरु रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सझिएका थिए भने देवीको खट घुमाइएको थियो ।

यो खट जुधाउने जात्राको रौनक हो । पाहाँचर्हेको अन्तिम दिन तीन देवीको खटलाई जुधाउने गरिन्छ ।

सुरुमा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भऽकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । टेबहालको भऽकालीको अर्को खट पनि असन ल्याइन्छ । त्यसपछि कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराक साटफेर गरिन्छ ।

यसलाई अजिमाहरुको भेटघाट पनि भन्ने गरिन्छ ।

हेर्नुस् फोटोहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment