Comments Add Comment

कारवाहीमा परे यूटीएल र स्मार्ट टेलिकम


४ चैत, काठमाडौं । युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुरुप सेवा विस्तार गर्न नसकेपछि यूटीएल र स्मार्ट सेललाई कारवाहीमा परेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स लिँदा पेश गरेको रोलअाउट प्लानअनुरुप सेवा विस्तार गर्न नसकेको भन्दै यूटीएल र स्मार्ट टेलिकमलाई ५-५ लाख रुपैयाँ जरिवाना गराएको छ ।

युटीएलले लाइसेन्स पाएको लामो समयसम्म पनि सेवा विस्तार नसकेपछि कारवाही गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार ऐनमा उल्लेखित व्यवस्थाअनुरुप यूटीएललाई जरिवाना गराउने गरी पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

युटिएलललाई प्राधिकरणले २०७३ को भदौ २०मा युनिफाइड लाइसेन्स दिएको थियो ।

उसले लाइसेन्स लिएको एक वर्षभित्रै ४४ जिल्लामा सेवा विस्तार गर्ने बताएको थियो । उसको स्वीकृत योजनाअनुसार यतिबेला ५४ जिल्लामा सेवा पुग्नुपर्छ ।

तर, उसले जीएसएम मोबाइलसहित युनिफाइड सेवाका लागि तयारीसम्म पनि नगरेपछि कम्पनीलाई प्राधिकरणले ६ महिनाभित्र ५४ वटै जिल्लामा सेवा पुर्‍याईसक्न निर्देशन दिएको छ ।

कारवाहीमा परेको स्मार्टले पनि गत भदौसम्म निर्धारित ९ जिल्लामा मात्र सेवा विस्तार नगरेपछि कारवाही गरिएको हो । उसलाई ६ महिनाभित्र तोकिएका जिल्लमा सेवा विस्तार गर्न भनिएको छ ।

प्राधिकरणको निर्देशन पालना नभए लाइसेन्स खारेजसम्मको कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment