Comments Add Comment

विश्वकप छनोट: आयरल्याण्डले स्कटल्याण्डलाई हरायो

४ चैत, काठमाडौं । विश्वकप छनोटको सुपर सिक्समा आयरल्याण्डले स्कटल्याण्डलाई २५ रनले हराएको छ । उससँगै उसको विश्वकपको सम्भावना कायमै छ ।

२७१ रन बनाएको आयरल्याण्डले जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डलाई २४६ रनमा अलआउट गर्‍यो । उसका काइल कोट्जरले ६१ रन बनाए पनि हार टार्न सकेनन् ।

बोयड र्‍यानकिनले ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले एन्डी बालबेर्नीको शतकको मदतमा ९ विकेट गुमाएर २७१ रन बनाएको थियो ।

उसको सुरुवात भने खराब थियो । तर, बालबेेर्नीले नाइल ओब्रायनसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि १३८ रनको महत्वपूर्ण साझेदारी गरे । ओब्रायनले ७० रन बनाए ।

त्यसपछि बालबेर्नीले केभिन ओब्रायनसँग चौथो विकेटका लागि ५८ रनको साझेदारी गरे । बालबेर्नी १०५ रन बनाएर आउट हुँदा टिमको स्कोर २४१ रन थियो ।

तर, त्यसपछि थप ३० रन जोड्दा ५ विकेट गुमायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment