Comments Add Comment

बोत्तलबन्द पानीमा ‘मिनिरल’ हुन्छ ? के हो मिनिरल्स ?

हालैको एक अध्ययनले हामीले ‘मिनिरल वाटार’ भनेर पिउने पानी वास्तवमा अत्यान्तै हानिकारक भएको पुष्टि गरेको छ ।

हामीकहाँ पनि बोत्तलबन्द पानी अत्याधिक खपत हुन्छ । यताउता हिँडडुल गर्दा होस् वा गोष्ठि-सेमिनारहरुमा नै, यस्तो पानीको व्यापक प्रयोग हुन्छ । वास्तवमा यी पानीहरु कति शुद्ध हुन्छन् भन्ने कुरा हामीलाई थाहा छैन ।

यद्यपी हामी विश्वस्त छौं, बोत्तलबन्द पानी शुद्ध र पिउनलायक हुन्छन् । अझ हामीलाई के विश्वास छ भने, यी पानीहरुमा मिनरल्स पनि पाइन्छ । त्यसैले त हामी बजारमा बोत्तलबन्द पानी खरिद गर्दा भन्ने गर्छौ, ‘मिनिरल वाटर दिनु न ।’

हामीले मिनिरल वाटर भनिएको बोत्तलबन्द पानीमा मिनिरल्स हुन्छ होला ?  ‘मिनिरल्स’ भनेको के हो ? बुझ्नुपर्छ ।

के हो मिनिरल्स ?

मिनिरल्स अर्थात खनिज लवण पानीमा पाइने प्राकृतिक तत्व हो, जो हाम्रो शरीरलाई आवश्यक हुन्छ । शरीरलाई आवश्यक खनिज तत्व पानीको स्रोतबाट प्राप्त गर्न सकिन्छ । प्राकृतिक खनिजयुक्त झरना वा कुनै स्रोतमा यस्तो पानी उपलब्ध हुन्छ । मिनिरल्स वाटरमा सल्फर एवं अनेक लवण घुलिएको हुन्छ ।

हाम्रो शरीरमा मिनरल्स वा खनिजको अनेक लाभ छ । खनिज लवण हाम्रो शरीरको समुचित कार्यका लागि महत्वपूर्ण हुन्छ । शरीरको पाचन प्रक्रियामा खनिजले विशेष सहयोग गर्छ ।

खानेकुरा पचाउन, तरल पदार्थको सन्तुलन मिलाउन, हड्डीलाई बलियो बनाउन खनिज अर्थात मिनिरलले सहयोग गर्छ ।

मिनिरलले हाम्रो मस्तिष्को कार्य, उमेर बढ्ने प्रक्रिया, यौन स्वास्थ्य, क्यान्सर रोक्ने, अल्जाइमर रोगबाट बच्नका लागि सहयोग गर्छ । मांसपेशीको दुखाई कम गर्न पनि शरीरमा मिनिरल्सको आवश्यक हुन्छ ।

खनिज तत्व विभिन्न प्रकारको हुन्छन् । ती सबैको समुचित आपूर्ति हुनुपर्छ । जस्तो कि, क्याल्सियम, म्गागनेसियम, फस्फोरस, पोटासियम, जिंक, सोडियम, कपर, आयोडिन, आइरन, फ्लोराइड, क्रोमिनिया ।

बोत्तलबन्द पानीमा मिनिरल हुन्छ ?

हामीले ‘मिनिरल वाटर’ भनेर प्रयोग गर्ने पानीमा मिनिरल्स हुन्छ ? यसमा अझै द्विविधा छ । प्रशोधित पानीमा मिनिरल्सको मात्रा कति हुन्छ वा हुने भन्ने साझा मापदण्ड खोजिएको छैन ।

प्रशोधित पानीलाई मिनिरल्स वाटर भन्न मिल्दैन । मिनरल्स भनेको पानीमा रहेको गुण हुन्, जो सबै प्रशोधित पानीमा हुन्छ भन्ने छैन ।

बोत्तलबन्द पानी र मिनिरल वाटरको उत्पादन विधी एवं स्रोत फरक हुन् । मिनिरल वाटर प्राकृतिक स्रोतबाट निकालिन्छ । जबकी बोत्तलबन्द पानीमा रसायन मिसाएर शुद्धिकरण गरिन्छ ।

बजारमा पाइने बोत्तलबन्द पानी ‘मिनिरल’ हो वा होइन भन्ने स्पष्ट रुपमा उल्लेख हुनुपर्छ । पानीको बोत्तलको लेबलमा उक्त कुरा उल्लेख हुनुपर्छ ।

तर, ‘शुद्धिकरण गरिएको’ भनिएको पानीमा प्लाष्टिकका स-सना टुक्रा हुने हालैको अध्ययनले खुलासा गरेको छ । त्यस्ता पानीमा हानिकारक रसायन हुने बताइन्छ ।

विश्वमा एक सय अर्ब लिटरभन्दा बढी खपत

हामीले देखिरहेका छौं, बजारमा बोत्तलबन्द पानीका नयाँ-नयाँ ब्रान्ड थपिदो छ । बोत्तलबन्द पानीको खपत यसकारण पनि बढिरहेको छ कि, भूमिगत पानीको स्रोत सुक्दैछ । भएको पानी पनि दुषित छन् । पिउनयोग्य पानीको अभाव छ । यही कारण अहिले प्रशोधित पानीको माग बढेको छ ।

घर-भान्सामा दैनिक प्रयोग गर्नका लागि बोत्तलबन्द प्रशोधित पानी प्रयोग गरिन थालिएको छ । कार्यलयमा होस् वा यात्रामा, जहाँ पनि बोत्तलबन्द पानी प्रयोग गरिन्छ । बोत्तलबन्द पानीले नेपालमा मात्र होइन, विश्वकै बजार कब्जा गरिरहेको छ ।

अहिले बोत्तलबन्द पानीको कारोबार एक सय अर्ब डलरमा पुगेको बताइन्छ । सन् १९९९ देखि २००४ सम्म विश्वमा बोलत्तबन्द पानीको खबर एक सय १८ अर्ब लिटरबाट बढेर १ सय ८२ लिटरभन्दा बढी भएको छ । यसरी बोत्तलबन्द पानी खपत गर्नेमा विकाससिल देश अगाडि छ ।

के भनिन्छ भने, बोत्तलबन्द पानी शुद्ध र पिउन योग्य हुन्छ । जबकी विभिन्न अध्ययनले यसको शुद्धतामाथि प्रश्न उठाएको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘वास्तवमा बोत्तलबन्द पानीमा महानगरको ढलको पानीको तुलनामा बढी ब्याक्टेरिया हुनसक्छ ।’

अध्ययन भन्छ, बोत्तलबन्द पानी हानिकारक

पानीमाथि अध्ययन गर्ने अमेरिका संस्था ‘नेचुरल रिसोर्सेज डिफेन्स काउन्सिल’का अनुसार गुडिरहेको कारमा बोत्तलबन्द पानी पिउनु हुँदैन । किनभने कारमा बोत्तल हल्लिएर रासायनिक प्रतिक्रिया तिब्र गतिमा हुन्छ । यसले गर्दा पानी अत्याधिक खरतरनाक हुनसक्छ । बोत्तल बनाउने क्रममा एन्टीमनी नामको रसायान प्रयोग गरिएको हुन्छ ।’

विशेषज्ञहरुका अनुसार, ‘पानीको बोत्तल जति पुरानो हुन्छ, त्यसमा एन्टीमनीको मात्रा उत्तिनै बढ्छ ।’ यति यो रसायन जब हाम्रो शरीरमा पुग्छ, तब वान्ता हुने, पखला लाग्ने समस्या देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment