Comments Add Comment

सन्दीप क्षेत्रीका पाँच साथी, को सबैभन्दा माथि ?

स्ट्याडअप कमेडियन सन्दिप क्षेत्री खुल्ला मिजासका व्यक्ति हुन् । उनका साथीभाई पनि धेरै छन् ।

स्कुल पढ्दादेखि कलेज पढ्दासम्मका साथीहरु आफ्ना सम्पर्कमा रहेको सन्दिप बताउँछन् । तीमध्ये पाँच जनालाई उनले ‘बेस्ट फ्रेन्ड’ को दर्जामा राखेका छन् । उनीहरु हुन्- सुवोध त्रिपाठी, कृष्णराज तिमल्सेना, पवन शाह, शुसान सिंह र विनय दिल लामा ।

यीमध्ये विनय दिल लामा उमेरमा उनीभन्दा पाका छन् । गफगाफमा तपाई भनेर सम्बोधन गर्छन् । विनय दिलको फिटनेसको सन्दिप मज्जाले तारीफ गर्छन् ।

‘विनय दाईको फिटनेस देख्दा मलाई लोभ लाग्छ । एकदमै पर्फेक्ट छ उहाँको शरीर,’ उनले भने । लामासँग उनले सँगै फिल्ममा पनि काम गरेका छन् ।

सुवोध त्रिपाठीलाई उनी ‘आत्मविश्वासको ब्राण्ड एम्बेस्डर’ मान्छन् ।

‘सुवोध यस्तो छ कि सामान्य कुरामा पनि रिसाउँछ । तर, उसँग गजबको आत्मविश्वास छ । हरेक काम गर्न सक्छु भनेर अगाडी बढ्छ,’ सन्दिपले भने ।

अर्का साथी छन् कृष्णराज तिमल्सेना, जो कपडाको ब्यवसाय गर्छन् । उनको ‘कन्भिन्सिङ पावर’ अचम्मको छ । उनले राखेको प्रस्ताव जोसुकैले नाई भन्नै सक्दैन ।

साथै, सन्दिपको अघोषित डे्रस डिजाइनर तिमल्सिना नै हुन् ।

‘अहिले लाएको सबै लुगा कृष्णराजले नै ल्याइदिएको हो,’ उनले भने, ‘कुन रंगको लुगा मलाई सुहाउँछ । कुन साइज हो उसलाई सबै थाहा छ । कहाँ जाँदा कस्तो लगाउनुपर्छ, विचार गरेर ल्याइदिन्छ ।’

पवन शाह र सुसान सिंहसँग उनको स्कुलमै भेट भएको थियो भने सुवोध त्रिपाठीसँग केयु पढ्दा भएको थियो । उनका पाँचै जना साथीले सबै पाँचै जनालाई  चिन्दैनन् । सबै साथी आ-आफ्नै पेसा ब्यबसायमा भएकाले पनि हो । तर, सन्दिपको भने पाँचै जनाको परिवारसँग पनि उत्तिकै राम्रो सम्बन्ध छ ।

साथीहरुबीच भेटघाट बाक्लै हुन्छ । फोन  र फेसबबुक भन्दा भेटेरै कुरा गर्ने चलन छ उनीहरुको । ‘विदेश गएको वेला फेसबुकमा कुरा हुन्छ, यहाँ हुँदा त हामी भेटेरै कुरा गर्छौं,’ सन्दिपले भने ।

उनले पाँचै जना साथीको एउटै नराम्रो बानी भेटेका छैनन् । उनी भन्छन् ‘सबै कुरा राम्रो लागेर त साथी बन्ने हो ।’

उनले साथीहरुसँग पारिवारिक, निजी सबै कुरा सेयर गर्ने गरेका छन् । एकैचोटि सँगै यात्रा गर्ने अवसर नमिले पनि सबैसँग यात्रा गरेको बताउने सन्दिपले दोस्तहरुसँगको यात्रा विशेष हुने बताए । उनी यी पाँचै जना साथीहरुलाई कोही तलमाथि नगरी एउटै स्थानमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment