Comments Add Comment

प्रदेश ५ को सरकार विस्तार आज, ३ मन्त्री थपिँदै


५ चैत, बुटवल । प्रदेश ५ मा आज सरकार विस्तार हुँदैछ । प्रदेश ५ को मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी गरिएको हो ।

प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

एमालेले दुई मन्त्रीको टुंगो लगाएको छ । प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो । गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइए पनि मन्त्रिपरिषद् कार्यालयले यसबारे केही बताएको छैन ।

गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद् हुन् ।

त्यस्तै, माओवादीले गुल्मी १ ‘क’ बाट निर्वाचित सुदर्शन बराललाई मन्त्री बनाउने तयारी गरेको छ । बरालले सम्हाल्ने मन्त्रालयबारे औपचारिक टुंगो नलागे पनि उनले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेकाे बताइएकाे  छ ।

यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment