Comments Add Comment

आदिवासी जनजाति महासंघ बेलायतले पायो नयाँ नेतृत्व

सुनुवार अध्यक्ष, दूराले पाए उपाध्यक्षको जिम्मेवारी


आदिवासी जनजाति महासंघ, बेलायतको अध्यक्षमा जंग सुनुवार चयन भएका छन् । बेलायतको मिचेटस्थित तमु भवनमा सम्पन्न तेस्रो महाधिवेशनले सुनुवारलाई अध्यक्ष छनोट गरेको हो ।

महाधिवेशनबाट कर्ण दुरा उपाध्यक्षमा छनोट भएका छन् भने महिला उपाध्यक्षको जिम्मा लिला सेलिंगले पाएकी छन् ।

त्यसैगरी महासचिव र कोषाध्यक्षको जिम्मेवारी क्रमशः खुशी लिम्बु र बिसन गुरुङलाई तोकिएको छ ।

बाँकी पदहरु भने खाली राखिएको निर्वाचिन समितिका पूर्ण लोक्समले जानकारी दिए । बाँकी पद जातीय संस्थाको प्रतिनिधित्व हुने गरी पूर्ति गर्ने महासंघले जनाएको छ ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै जनजातिहरुको संघर्षले नेपालमा परिवर्तन सम्भव भएको बताए ।

कार्यक्रमका विशेष अतिथिहरु सुरेश आलेमगर र बालकृष्ण माबुहाङ्ले नेपालमा भएको जनजाति आन्दोलनबारे चर्चा गरेका थिए ।

कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी र सुरेश आलेमगरले जनजाति नेता बालकृष्ण माबुहाङ्ले लेखेको पुस्तक ‘नेपाल बन्दै गरेको बहुराष्ट्रिय राज्य’ को संयुक्तरुपमा लोकार्पण गरेका थिए ।

अधिवेशनमा मगर संघ, तमु धिं, किरात सुनुवार समाज, किरात राई यायोक्खा, शेर्पा किदुङ, योल्मो समाज, तामाङ समाज, किरात याक्थुङ चुम्लुङ्, तमु प्हे ल्हु, युके शेर्पा किदुङलगायत जातीय संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment