+
+

पोखरा फाइनान्स २१औं वर्षमा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ५ गते ११:३३

५ चैत, काठमाडौं । पोखरा लेखनाथ महानगरपालिका न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा संस्थाले प्रधान कार्यालयको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४१  जनाले रक्तदान गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुञ्ले बताए ।

सोही अवसरमा संस्थाले वित्तीय साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । पोखराको बिरौटा क्षेत्र वरपर बितिय साक्षरता जगाउन यो प्रभातफेरी गरिएको हो । संस्थाले उत्कृष्ट शाखा तथा  दीर्घ  सेवा पदकबाट कर्मचारीलाई सम्मान गरेको छ भने स्मार्ट मोवाइल बैंकिङ सेवाको समेत थालनी गरेको छ ।

चुक्ता पुंजी रु. ८० करोड रहेको संस्थाले हालै १५ प्रतिशत हकप्रद निष्कासन गरिसकेको छ । शाखा सञजाल विस्तार अन्तर्गत भैरहवा एवं वेसीशहरमा शाखा विस्तार गरेको र निकट भविष्यमा नारायणढमा समेत शाखा विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुञ्ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?