Comments Add Comment

गंगोलिया बन्ने भयो नेपालको पहिलो स्वायत्त क्षेत्र

थारु स्वायत्त क्षेत्र घोषणा गर्न सिफासिर

५ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग) बमोजिम वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐनमा एकै भाषा वा संस्कृति भएका समुदायको सघन उपस्थिति र बाहुल्यता रहेको, सामाजिक तथा आर्थिक विकास सूचकाङ्क राष्ट्रिय औषतभन्दा कम रहेको जिल्ला, स्थानीय तह वा वडालाई प्रदेश सरकारको परामर्शमा नेपाल सरकारले स्वायत्त क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार स्वायत्त क्षेत्रका लागि आवश्यक मापदण्ड पुगेकाले सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय कार्यपालिका बैठकले गरेको नगर उप-प्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् ।

थारु समुदायको बाहुल्यता रहेको यो वडा साविक गंगोलिया गाविसमा पर्दछ । भौतिक तथा सामाजिक विकासका हिसाबले यो वडा तिलोत्तमाका अन्य वडाभन्दा पछि रहेको छ ।

स्थानीय वासिन्दाको उत्थानमा विशेष कार्यक्रम सञ्चालन गर्न सहयोग मिल्ने विश्वासका साथ वडालाई स्वायत्त क्षेत्र घोषणाका लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय नगर कार्यपालिकाको बैठकबाट गरिएको वडाध्यक्ष दानबहादुर चौधरीले जानकारी दिए ।

वडाध्यक्ष चौधरीका अनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा वडा नं. १७ मा ६ हजार बढी जनसंख्या छ ।

वडाको कुल जनसंख्या मध्ये झण्डै ७० प्रतिशत बासिन्दा थारु समुदायको रहेको वडाध्यक्ष चौधरीले बताए ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्वायत्त क्षेत्रको विकासको लागि नेपाल सरकार तथा प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न वा त्यसका लागि थप बजेट उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

यसरी विशेष कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित जिल्ला सभा, गाउँपालिका वा नगरपालिकासँग समन्वय गर्नुपर्ने पनि ऐनमा व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment