Comments Add Comment

‘अमेरिका बोइज’मा ‘पान’को कुरा


जेठ १८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘अमेरिका बोइज’को टिजर रिलिज गरिएको छ । टिजरको अधिकांश समय पान भन्ने शब्द र यसलाई लिएर बनाइएका कमेडी संवादहरुले भरिएको छ ।

चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिषप्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारको अभिनय छ । प्रवेश पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् ।

सीबड्र्स पिक्चर्स र बडी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको लगानी छ । समिर खरेल कार्यकारी निर्माता रहेको चलचित्रमा अनुप थापा, यमुना खरेल, राज केसीको सह-लगानी छ ।

चलचित्रमा कथा, पटकथा तथा संवाद विबेक पाण्डेको छ भने आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको एक्सन, सुनिल क्षेत्री र नेपाली ठिटोजको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment