Comments Add Comment

ट्राफिकको निशानामा बुलेट र स्पोर्ट्स बाइक, ११० बढी समातिए

'रंगशालामा दाैडनुपर्ने बाइक रोडमा कुदाएर हुँदैन'


५ चैत, काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले अस्वभाविक आवाज निकालेर कुदुने बाइकहरु नियन्त्रणमा लिने क्रम तीव्र बनाएको छ । पछिल्लो एक सातामा ११० भन्दा धेरै ठूला आवाजमा कुदिरहेका बााइकलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

यस्ता मोटरसाइककले अत्याधिक ध्वनी प्रदुषण गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार ‘मोडिफाइ’ गरेर ठूलो आवाज आउने बनाइएका बाइकलाई नियन्त्रणमा लिन थालिएको हो ।

‘रोयल इन्फिल्ड (बुलेट)को ९० प्रतिशत बढी बाइकको फिल्टर निकालेको भेटियो,’ रञ्जितकारले भने,’ बुलेट बाइक चढ्ने भनेकै ठूलो आवाजमा बाइक कुदाउने हो भन्नेजस्तो भयो । त्यसैले नियन्त्रण अभियान थालेका हौं ।’

महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनी ध्वनी प्रदुषण गरे अनियनित्र रुपमा कुद्ने बाइकलाई समात्न सुरु गरिएको बताउँछन् ।

सम्बन्धित समाचारः ट्राफिक प्रमुखलाई फोनः बाइकको आवाजले आमा ढल्नुभो, केही गर्नुस् !

‘हाम्रो कानले ६० डेसिबल भन्दा बढीको आवाज सुन्ने क्षमता राख्दैन । शहरमा ठूला आवाजका बाइक हाँक्दा गुनासो धेरै आयो,’मरासिनीले भने,’अब बाइकमा हेरफेर गरेर चलाइएका बााइक चल्न दिईनेछैन ।’

ट्राफिक प्रहरीले त्यस्ता बाइक नियन्त्रणमा लिएर सामान्य अवस्थमा रुपान्तर गराउन थालेको छ । साथै बाइकधनीलाई ५ हजार रुपैयाँ जरिवाना पनि तिराइरहेको छ ।

मोडिफाइडमात्रै हैन, कम्पनी मेड नै ‘एबनर्मल’ ठूलो आवाज दिने बाइकलाई पनि नछाड्ने उनले बताए ।

‘रंगशालमा कुदाउने स्र्पोट्स बाइक सडकमा कुदाएर हुँदैन । जुन बाइक जे प्रयोजनका लागि बनेको हो, त्यसैमा प्रयोग हुन्छ । कम्पनी मेड भनेर जत्रो पनि आवाज निकाल्ने बाइक सडकमा आउन पाउँदैनन्,’मरासिनीले भने,’अस्वभाविक आवाज निनकालेर कुद्ने  सबै बाइक कारवाहीमा पर्छन् ।’

यस्ता बाइकले रोगी तथा  मुटुका बिरामीहरुको ज्यान नै जोखिममा पनि पारेको निश्कर्ष ट्राफिक प्रहरीको छ ।

पछिल्लो समयमा मोटरसाइकललाई मोडिफाइ गरेर ठूलो आवाज आउने बनाउने प्रचलन बढेको छ । ठूलो आवाज आउने बाइकलाई ‘सानदार’ मान्ने सोचका कारण यस्तो अवस्था आएको हो ।

पछिल्लो समय बुलेट र स्र्पोट्स बाइकमा युवाको बढी अाकर्षण ज्यादा छ । यसैकाकारण सडकमा यस्ता बाइकको संख्या लगातार बढिरहेको छ ।

कम्पनीबाट नै ठूलो आवाज दिएर चल्ने बाइकहरु बनेर आइरहेका छन् । जसलाई नयाँ पुस्ताले अत्यधिक रुचाएको छ ।
तर, ध्वनी प्रदुषण बढेको भन्दै उपत्यकामा यस्तो आवाज निकाल्ने बाइकमाथि ट्राफिकले कारवाही सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment