Comments Add Comment

चितवन निकुञ्जमा बाघ हेर्न पाएनन् देउवाले, भने – अर्को पटक आउँछु

फाइल फोटो

५ चैत, चितवन । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको सोमबार भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्कोपटक आउने बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किएका थिए ।

निकुञ्ज घुमाउनसँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उनले अहिले बाघ देखिएन अर्कोपटक आउने बताए ।

ढुंगानाले भने, ‘पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताउनुभयो ।’

वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान दिन सँगै रहेका संरक्षणकर्मीलाई आग्रह पनि गरेका थिए ।

उनीसँगै सांसदहरु, कांग्रेस नेता, निकुञ्जका अधिकारी र मध्यवर्तीका पदाधिकारीहरु जंगल सफारीमा रहेका थिए । बिहान ८ बजे जिप सफारीका लागि निकुञ्ज छिरेका देउवा १० : ३० बजेमात्रै फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment