Comments Add Comment

नक्कली डीएसपी बनेर ४ लाख ठगी गर्ने युवक पक्राउ

५ चैत, काठमाडौं । नक्कली डीएसपी बनेर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफू प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी हुँ भनी सेटिङ मिलाएर विदेश पठाइदिन्छु भनी दुई जना प्रहरी कर्मचारीसँग ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका २ का २९ वर्षीय आनन्दकुमार मण्डललाई पक्राउ गरेको हो ।

मण्डलले आफू डीएसपी नारायण श्रेष्ठ हो भनी परिचय गराई महोत्तरीकै मनराकट्टीका प्रकाशकुमार सिंहसँग मिलेर दुई जना प्रहरी कर्मचारीसँग पटक पटक गरी ४ लाख रुपैयाँ ठगी गरेको देखिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरीले मण्डललाई काठमाडौंको माइतीघरबाट चैत २ गते पक्राउ गरेको हो ।

उनीहरुले अन्य व्यक्तिलाई पनि ठगी गरेको प्रहरीको आशंका छ । प्रहरीले यसरी ठगीमा परेका कोही पीडित भएमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment