Comments Add Comment

‘लम्फू’ गीतः कविरका कारण दोधारमा परिन् मरिष्का


चलचित्र ‘लम्फू’ गीतसंगीतका हिसाबले पावरफूल देखिएको छ । वैशाख २८ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको पहिलो गीत हिट भैसकेको छ । अब, यसको निर्माणपक्षले दोश्रो गीत ‘दोधार-दोधारमा परे म’ सार्वजनिक गरेको छ ।

दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत रहेको गीतमा नरेश भट्टराइको शब्द छ । भिडियोमा चलचित्रका मुख्य कलाकार कविर खड्का र मरिष्का पोख्रेललाई फिचरिङ गरिएको छ । शिव वीकले यो भिडियोको कोरियोग्राफी गरेका हुन् ।

गीतको अडियो पावरफूल छ । तर, भिडियोको कोरियोग्राफी र लोकेशन कमजोर छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठको मुख्य भूमिका छ । एक यूवकको जीवनमा आइपर्ने उतारचढावलाई चलचित्रले उठान गरेको छ ।

शक्तिवल्दभ घोरासैनीको निर्माणमा बनेको चलचित्रमा दीपक बज्रचार्यको छायांकन, हरि सिलवालको सम्पादन, पूनम गौतमको कस्ट्यूम डिजाइन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment