Comments Add Comment

दिपक र प्रियंकाको गज्जबको माया-प्रेम

कार्की भन्छिन्-'दिपकको बानी आयुष्मानमा नसरोस्'

नायिका प्रियंका कार्कीले फेसबुकमा एउटा तस्बिर पोष्ट गरिन् । कलाकार दीपकराज गिरीलाई ‘ह्यान्डसम’ भन्दै उनले लेखिन्-‘ए ह्यान्डसम, मेरो मनले तिम्रो मनलाई गिरफ्तार गरेको छ । आउ जिन्दगीभरको लागि चोर-पुलिस खेलौ ।’

प्रियंका चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सत्रु गते’मा प्रहरीको भूमिकामा छिन् भने दीपक ‘चोर’को भूमिकामा । चोर र पुलिसबचिको मायाप्रिती कस्तो होला भन्ने थाहा पाउन फिल्मकै प्रतिक्षा गर्नुपर्ने छ ।

तर, दीपक र प्रियंकाको जोडी पहिलोपटक ‘सत्रु गते’मा देखिन लागेको भने होइन । रियल लाइफमा आयूष्मान देशराजसँग प्रेमलिला रचिरहेकी नायिकाको रियल लाइफमा दिपकसँग जोडी जमिरहेको छ । सत्रु गतेभन्दा अगाडि ‘वडा नम्बर ६, छक्का पन्जा, छक्का पन्जा २’मा उनीहरुले जोडी वाधिसकेका छन् । ती सबै चलचित्र हिट भएका थिए । निर्माणाधिन चलचित्र ‘छक्का पन्जा ३’ मा पनि जोडीकै रुपमा देखिदैछन् ।

लगातार चलचित्रमा एकसाथ काम गरेपछि, बजारमा एउटा प्रश्न उब्जिएको छ ? आखिर, किन दिपकराजले खेलेका हरेक चलचित्रमा उनको जोडी प्रियंका नै हुन्छिन् ?

यो प्रश्न हामीले प्रियंकालाई तेस्र्यायौं । नायिकाले भनिन्-‘मलाई दीपक दाइसँग काम गर्न सहज हुन्छ । उहाँ सबै कुराको ध्यान दिनुहुन्छ ।’ प्रियंकाको भनाईमा उनीहरुको जोडी बाँधेर चलचित्र बनाउन अरु पनि धेरै निर्माताले चाहेका थिए । तर, उनीहरुले ‘सत्रु गते’ बाहेक अरु चलचित्रमा काम गरेनन् । के तपाइहरुको जोडीलाई रुचाइएको हो ? प्रियंकाले यो प्रश्नमा भनिन्-‘दर्शकले रुचाएका कारण नै हामी एकपछि अर्को चलचित्रमा देखिएका हौ ।’

दीपक र प्रियंकामा एकले अर्कोलाई कसले बढी माया गर्छ होला ? प्रियंका हाँस्दै भन्छिन्-‘उहाँले ठिकठाक माया गर्नुहुन्छ । तर, म उहाँलाई अली बढी नै गर्छु ।’
प्रियंकाले दीपकलाई आफ्नो मनमा राखेको बताउनसम्म बताइन् । दीपकले उनलाई चलचित्रमा काम नगर्दा पनि केयर गर्दा रहेछन् । उनले भनिन्-‘उहाँको केयर गर्ने बानी पनि राम्रो छ । केहि खायौ कि खाइनौ, सुत्यौ कि सुतिनौ, यस्तो कुराहरु सोधिराख्नुहुन्छ ।’

दीपक एउटा राम्रो कलाकार मात्र नभएर सिंगो टिम नै भएको कार्कीको बुझाई छ । दीपकले चलचित्रमा राम्रो काम मात्र होइन, चलचित्रको कथा पनि उत्कृष्ट लेख्ने उनी बताउँछिन् ।

के तपाई आयुष्मान देशराजमा दीपकराज गिरीको केही बानी सरोस् भन्ने चाहनुहुन्छ, भन्ने प्रश्नमा प्रियंकाले भनिन्-‘त्यस्तो त म चाहन्नँ । जो मान्छेसँग जे शैली छ, त्यसमै रमाउनुपर्छ । म, आयुष्मानमा कसैको बानी सरोस् भन्ने चाहन्नँ, मैले उसको अहिलेकै बानी हेरेर माया गरेकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment