Comments Add Comment

कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव सर्बसम्मत

५ चैत, बुटवल । नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव शर्मा निर्बिरोध चयन भएका छन् ।

प्रदेश सभाका जेष्ठ सदस्य (७९) समेत रहेका बलदेव शर्मा र अन्य चारजनाले फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दिएका थिए ।

सोमबार दिउँसो २ बजे हुने भनिएको मतदान अघि नै बलदेव सर्बसम्मत भएका हुन् ।

लामो छलफलपछि रुपन्देहीका बलदेवको नाममा सहमति जुटेको कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिए ।

नेता बन्नका लागि यसअघि बलदेवसँगै पाल्पाका बीरबहादुर राना, कपिलबस्तुका बीरेन्द्र कनोडीया, रुपन्देहीकै फकरुद्धिन खाँ र दाङका डिल्ली चौधरीले उम्मेदवारी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment