Comments Add Comment

ओमका अध्यक्षले डेपुटी गभर्नरबाट लिए सपथ

५ चैत, पोखरा । ओम डेभलपमेन्ट वैंक लिमिटेडका अध्यक्ष सुशीलकुमार गोशलीले नेपाल राष्ट्र वैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी सपक्ष सपथ लिएका छन् । गभर्नर शिवाकोटीले नव निर्वाचित अध्यक्ष गोशलीलाई सपथ खुवाएका हुन् ।

वैंकको हालै सम्पन्न ११ औं वाषिर्क साधारणसभाले वैंकको संस्थापक तर्फबाट ३ जना र सर्वसाधारण तर्फबाट ३ जना गरी ६ जना चयन गरेको थियो । त्यसरी चयन हुनेहरुमा वैंकको संस्थापकहरुको तर्फबाट सुशीलकुमार गोशली, राजेन्द्रकुमार बाटाजु र बिजय मल्ल तथा सर्वसाधारण तर्फबाट योगेन्द्रलाल प्रधान, श्रीकृष्ण रेग्मी र कर्मकुमारी गुरुङ छन् ।

सञ्चालक समितिको पहिलो बैठकले गोशलीलाई वैंकको अध्यक्षमा चयन गरेपछि उनले गभर्नर शिवाकोटी समक्ष सपथ लिएको वैंकले सोमबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

यसअघि वैंकको साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शेयरधनीहरुलाई १७.६९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।

वैंकले बोनस सेयर वितरण पछि वैंकको चुक्ता पुँजी २ अर्व ५१ करोड पुग्ने जनाएको छ । वैंकको हाल ५२ शाखा, ११ वटा एटीएम, २ लाख ३१ हृजार ग्राहक रहेको वैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment