Comments Add Comment

शिवानी सिंह थारुको उपन्यासको ‘फस्ट लुक’ सार्वजनिक


५ चैत, काठमाडौं । पूर्वमोडल तथा टेलिभिजन प्रस्तोता शिवानीसिंह थारुद्वारा लिखित उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक गरिएको छ ।

लेखिका र प्रकाशक फाइनपि्रन्टका सिइओ नीरज भारीले आवरण सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले उपन्यास मधेस, मधेस आन्दोलन र सशस्त्र विद्रोहमाथि लेखिएको गम्भीर उपन्यास भएको बताए । ‘यो उपन्यासले महिला लेखिकालाई हेर्ने हाम्रो दृष्टिकोण सायद परिवर्तन गर्नेछ’ उनले भने ।

लेखिका शिवानी सिंह थारुले आफूभित्रको आक्रोशले उपन्यास लेख्न प्रेरित गरेको बताइन् । ‘सामाजिक अन्यायमा परेको पात्र कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छ र त्यो हिंसा कसरी प्रतिहिंसामा परिणत हुन्छ भन्ने देखाउने प्रयास मैले उपन्यासमा गरेको छु’ उनले भनिन् ।

फाइन प्रिन्टका नीरज भारीले उपन्यास चैत १९ गते सार्वजनिक हुने जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment