Comments Add Comment

एनआरएनएको ११ अाैं युरोपेली बैठकको तयारी

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ अाैं युरोपेली बैठकको तयारी सुरु भएको छ।

आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रीय बैठक तथा नवौ महिला सम्मेलनको तयारी थालिएको हो।

टेलीकन्फरेन्स मार्फत बैठक तयारी बारे बृहत छलफल भएको एनआरएन युरोप क्षेत्रका संयोजक शिबकुमार बरुवालले जानकारी दिए। छलफलमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका अध्यक्ष,महासचिव र आईसीसी सदस्यहरुले भाग लिएका थिए।

एनआरएन युरोप क्षेत्रले हरेक वर्ष क्षेत्रीय बैठकको आयोजना गर्दै आएको छ। यसपटक झन्डै २ सय नेपालीहरु बसोबास गर्ने युरोपेली धनी मुलुक लक्जम्बर्गमा हुन लागेको हो।

बैठक सम्पन्न गर्नका लागि युरोप संयोजक बरुवालको संयोजकत्वका मूल आयोजक समिति गठन भएको छ। समितिमा युरोप क्षेत्रका उपसंयोजकहरु,क्षेत्रीय महिला संयोजक,क्षेत्रीय युवा संयोजक,युरोप क्षेत्रका आईसीसी सदस्यहरु,आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु समेत रहेका छन्।

युरोपेली बैठकमा राष्ट्रिय समन्वय परिषदहरुले उचित समय नपाउने गुनासो आईरहेको बेला संयोजक बरुवालले यसपटकको बैठक परम्परागत ढंगले नगर्ने दावी गर्छन्। उनले भने,’युरोपका हरेक नेपालीहरुका समस्या हामीले सुन्ने बाताबरण बनाउछौ,अर्को तर्फ मुलकले लगानी खोजिरहेको छ यो बारे त बृहत छलफल नै गर्छौ।’

आईतबार सम्पन्न टेलीकन्फेरेन्समा सहभागी भन्दै एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त,कुल आचार्य,महासचिव डा.बद्री केसी,सचिव जानकी गुरुङ,प्रबक्ता भुषण घिमिरे लगायतले युरोपस्तरीय बैठकका लागि सुझाव दिए।

युरोपेली धनी मुलुक लक्जम्बर्गको हिल्टन होटलमा हुने बैठक खर्चालु हुने ठानिएको छ। युरोप क्षेत्रका गैरआवासीयहरुले होटलका लागि यसपटक बढी रकम खर्च गर्नु पर्ने अनुमान छ। एनआरएनका सम्मेलन तथा बैठकहरु खर्चालु हुने तथा घोषणापत्र अनुसार काम हुन नसकेको भन्दै बेलाबखत आलोचना हुँदै आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment