Comments Add Comment

जब पक्राउ पर्ने डरले कर्मचारीले घुस लिएको नोट निलिदिए


एकजना कर्मचारीले घुस लिएको नोट नै निलिदिएका छन् । घुस लिएको आरोपमा पक्राउ पर्ने डरले उनले नोट निलेका हुन् ।

घटना भारतको हो । भारतको गुजराँतस्थित पाटन जिल्लामा यो घटना भएको हो । एकजना पशु चिकित्सकले भ्रष्टाचार नियन्त्रण संस्था एसिबीले आफुलाई पक्राउ गर्ने पत्तो पाएपछि आफुले घुस लिएको २ हजार भारुको नोट क्वाप्पै मुखभित्र हालेर चपाएर निलेका हुन् ।

एसिबीको योजना अनुसार एक नम्बर लेखिएको दुई हजार भारुको नोट सेवाग्राहीबाट ती कर्मचारीलाई घुस दिन लगाइएको थियो । जब अधिकारीहरु उनलाई रंगेहात पक्राउ गर्न भन्दै गए, त्यतिबेला सम्म उनले उक्त नोट खाइसकेका थिए । मुखमा नोट हाली चपाएर पानीसँग खुर्लुक्क निले उनले ।

घुस लिएको सबुत कर्मचारीले निलेपछि एसिबीका कर्मचारी स्तब्ध भए र उनलाई अस्पताल लगे ।

एसिबीका अनुसार,  भारतमा घुस्याहा कर्मचारीले पक्राउबाट बँच्नका लागि यस्तो हर्कत गरेको यो पहिलोपटक होइन ।

समाचार अनुसार, समयमै अस्पताल लगिएपनि उनले नोट चपाएर निलिसकेको हुनाले सबुतको नोट प्राप्त हुन सकेन । सबुत प्रमाणको अभावमा ती घुस्याहा पशु चिकित्सकविरुद्ध मुद्दा दायर गर्न ढिलाई भएको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment