Comments Add Comment

विश्वकै पहिलो नागरिकताधारी रोबोटलार्इ बुधबार नेपाल ल्याइँदै

६ चैत, काठमाडौं । नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो ।

विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो रोबोट सन् २०१५ मा एक्टिभ गरिएको थियो । तर यसको पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्य मार्चमा अस्टिनमा गरिएको थियो ।

मानिसले जस्तै हास्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिन्छ । जसका कारण सबैको योप्रति आकर्षण छ ।

महिला रोबोट मानिएको यो सोफियाले बच्चा जन्माउने समेत चाहना राखेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment