Comments Add Comment

क्रिकेट जितेका भारतीय कप्तान जब श्रीलंकाली झन्डा बोकेर जयजयकार गर्न थाले


६ चैत, काठमाडौं । भारत र बंगलादेशबीच भएको निडास ट्रफीको फाइनल प्रतिस्पर्धा निकै रोमाञ्चक थियो । यस रोमाञ्चक प्रतिस्पर्धामा अर्को अदभूत दृष्य पनि देख्न पाइयो । त्यो के हो भने म्याच जितेका भारतीय खेलाडीहरु श्रीलंकाको झण्डा लिएर मैदानमा खुसियाली मनाउन थाले ।

कप्तान रोहित शर्माले भारतको नभइ श्रीलंकाको झण्डा समातेका थिए । अरु खेलाडीहरु उनीसँगै खुसीयाली साट्न मैदान वरिपरि घुमे । यो दृष्यले धेरैलाई अचम्मित बनायो । आखिर किन भारतीय खेलाडीले आफ्नो देशको झण्डा नसमातेर श्रीलंकाको झण्डा समाते ? यसको खास कारण यस्तो छ–

यस म्याचको पूरै अवधिभर स्टेडियममा बसेका दर्शकहरुले भारतलाई साथ दिए । म्याच हेर्न आएका श्रीलंकाका दर्शकले पनि बंगलादेशलाई समर्थन नगरी भारतलाई गरे । बंगलादेशको सट्टा भारतलाई समर्थन गर्नुको कारण बंगलादेश र श्रीलंकाबीच भएको अघिल्लो म्याच पनि थियो । अघिल्लो खेलमा बंगलादेशले श्रीलंकालाई हराएर फाइनलमा पुगेको थियो । उक्त खेलमा बंगलादेशका खेलाडीहरुको व्यवहार निकै खराब थियो, जसको धेरैले आलोचना गरे ।

त्यसैले श्रीलंकाका दर्शकहरु भारतको समर्थनमा थिए । त्यही कारण कप्तान रोहित शर्मा र सबै खेलाडीहरुले श्रीलंकालाई धन्यवाद दिन श्रीलंकाको झण्डा लिएर मैदानमा चक्कर लगाए । उनीहरुले श्रीलंकाली समर्थकको जयजयकार गरे । यसबाट टिम इण्डियाले करोडौंको मन जितेको र सामाजिक सञ्जालमा पनि तारिफ भएको भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन् ।

फाइनल प्रतिस्पर्धामा भारतले बंगलादेशमाथि रोमाञ्चक जित हात पारेको थियो । अन्तिम बलमा पाँच रन चाहिएको बेला दिनेश कार्तिकले छक्का प्रहार गरी भारतलाई जिताएका थिए । १६७ रनको विजय लक्ष्य पछ्याएको भारतले ६ विकेटको क्षतिमा १६८ रन बनाएर विजय लक्ष्य पूरा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment