Comments Add Comment

बुटवलबाट बागलुङ जाँदै गरेको बस दुर्घटना, एक दर्जन यात्रु घाइते

६ चैत, बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिका-१ गरगरेमा मंगलबार बिहान यात्रुबस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।

रुपन्देहीको बुटवलबाट बाग्लुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस मंगलबार बिहान साढे चार बजे दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाका अनुसार १५ जना यात्रुहरुलाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेमध्ये एक जना भारतीय नागरिकको अवस्था गम्भीर छ । उनको शरीरमा ठूलो घाउ लागेको छ ।

रानाका अनुसार एकजना बृद्धाको अवस्था अज्ञात छ । उनले भने, ‘खोलामा खोजिरहेका छौ तर अझै भेटिएको छैन । अब मेसिन ल्याएर बस मुनि हेर्छौं ।’

बस सडकबाट करिब २५ मिटर तल बडीगाड खोलामा खसेको छ । बस चालक निदाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

– बिमल खड्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment