Comments Add Comment

भारतका भन्दा नेपालका जनता खुसी

विश्वकै खुसी देश फिनल्याण्ड

६ चैत, काठमाडौं । आज मार्च २० तारिख, अर्थात् विश्व खुसी दिवस । यो दिवसको पूर्वसन्ध्यामा सार्वजनिक एक रिपोर्टअनुसार भारतका भन्दा नेपालका जनता खुसी रहेको पाइएको छ ।

विश्व खुसी रिपोर्टमा नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ । नेपाल दक्षिण एसियाको तेस्रो खुसी देश भए पनि गत वर्षभन्दा देशमा खुसीको स्तर भने घटेको पाइएको छ । खुसी रिपोर्ट २०१७ मा नेपाल ९९ औं स्थानमा थियो । यो वर्ष भने नेपाल ३ स्थान तल झरेर १०१ औं स्थानमा पुगेको छ ।

संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्क एसडीएसएनले जारी गरेको विश्व खुसी रिपोर्ट २०१८ का अनुसार नेपाल विश्वको खुसी मुलुकको सूचीमा १ सय ५६ देशमध्ये १ सय १ औं स्थानमा रहेको छ । नेपालको छिमेकी मुलुक भारत भने १३३ औं स्थानमा छ ।

त्यस्तै बंगलादेश ११५ औं, श्रीलंका ११६ औं तथा अफगानिस्तान दक्षिण एसियामा सबैभन्दा पछाडि १४५ औं स्थानमा छ ।

विश्वकै खुसी देश फिनल्याण्ड

विश्वका सबैभन्दा खुसी राष्ट्रको सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा छ । यसैगरी नर्वे दोस्रो, आइसल्याण्ड तेस्रो, स्वीजरल्याण्ड चौथो र नेदरल्याण्ड पाँ चौं स्थानमा छन् ।

विश्वका सबैभन्दा दुःखी १० देशहरुको सूचीको पहिलो नम्बरमा बुरुण्डी छ । त्यसपछि मध्य अफ्रिकी गणतन्त्र, दक्षिण सुडान, तान्जानिया, यमन, रुवान्डा, सिरिया, लाइबेरिया, हाइटी र मलावी छन् ।

जनताको प्रतिव्यक्ति आय, स्वस्थ जीवन, सामाजिक समर्थन, सामाजिक स्वतन्त्रता, विश्वास, भ्रष्टाचारको कमी आदिजस्ता मापदण्डका आधारमा खुसी सूचकांक तयार गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment