Comments Add Comment

हेभी इक्विपमेन्टको आयातमा नाटकीय वृद्धि

६ चैत, काठमाडौं । विकास निर्माणमा केन्द्रित हुँदै गर्दा कन्सक्ट्रसनसम्बद्ध हेभी इक्विपमेन्टको आयात बढेको छ ।

वीरगञ्ज भन्सारका प्रमुख सेवन्तक पोखरेलले यो वर्ष निर्माणसम्बद्ध यन्त्र तथा उपकरणको आयातमा वृद्धि देखिएको बताउँ छन् । ‘यो वर्ष भन्सारमा देखिएको नौलो ट्रेण्ड भनेको निर्माण उपकरणको आयातका भएको वृद्धि नै हो,’ पोखरेल भन्छन्, ‘भन्सार राजस्वका लागि यसको योगदान महत्वपूर्ण छ ।’

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा झण्डै ३७ अर्ब बराबरको मेसिनरी तथा तीनका पार्ट्स आयात भएका छन् । गत वर्ष यही अवधिमा २३ अर्बको मात्रै मेसिनरी तथा पाट्र्स आयात भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँ छ । साथै गत वर्ष जम्मा ४२ अर्ब बराबरको मेसिनरी आयात भएको थियो ।

भारतबाट मात्रै २० अर्बभन्दा बढीको मेसिनरी आयात भएको छ । जबकी यो गत वर्ष १४ अर्बमा सीमित थियो । चीनबाट हुने आयात पनि दोब्बर भएको छ ।

चीनबाट ११ अर्बबराबरको मेसिनरी आयात भएको छ । जुन गत वर्षभरमा जम्मा १० अर्ब बराबरको मात्रै थियो ।

तेस्रो मुलुकबाट आउने यन्त्र उपकरणमा पनि ठूलो वृद्धि देखिएको छ । सात महिनामा ५ अर्ब बराबरको मेसिनरी आइसकेको छ । अघिल्लो वर्ष तेस्रो मुलुकबाट ६ अर्ब बराबरको मात्रै मेसिनरी र पार्टपूर्जा आयात भएको थियो ।

कारण बजेटमा भइरहेको वृद्धि

नेपाल निर्माण ब्यवसायी महासंघका महासचिव राशरण देउजा पछिल्लो समयमा सरकारी बजेटमा भइरहेको वृद्धिले निर्माण उपकरणको आयात बढाएको बताउँ छन् ।

‘विकास निर्माणका कामको संख्या र गति दुबै बढेका छन्, थुप्रै साना-ठूला परियोजनाहरु निर्माणको चरणमा पुगेका छन्,’ महासचिव देउजाले भने, ‘निर्माणको काम बढेपछि त्यसका लागि आवश्यक इक्विपमेन्टको आयात बढ्नु स्वभाविक हो ।’

पछिल्लो समय इँटा भट्टाहरुले पनि माटो खन्ने र मुछ्ने काममा उपकरण प्रयोग थालेका छन् । भूकम्पपछि पुनर्निर्माणका कामहरु पनि भइरहेका छन् ।

एमएडब्लु सबैभन्दा ठूलो निर्माण उपकरणको आयातकर्ता

साथै हेभी इक्विपेन्ट भाडामा लगाउने प्रचलन पनि बढ्दै गएको महासचिव देउजाको भनाइ छ । एकपटक लगानी गरेर राख्ने र त्यसलाई भाडामा लगाउनेहरुको संख्या बढ्दै जानुले पनि निर्माण उपकरणको माग र आपूर्ति बढेको उनी बताउँ छन् ।

कतिपय स्थानीय तहले पनि हेभी इक्विपमेन्ट किनेका छन् । यस्तै निजी क्षेत्रले विभिन्न ठूला परियोजना निर्माण गर्न थालेकाले पनि यसको आयात बढेको देखिएको छ ।

नेपालमा एमएडब्लु अर्थमुभर्स प्रालि सबैभन्दा ठूलो निर्माण उपकरणको आयातकर्ता हो । यसले जेसीबीका निर्माण उपकरणहरु नेपालमा बिक्री गर्ने गरेको छ । नेपालमा पछिल्लो समयमा निर्माण उपकरणको ब्यापारमा ठूलो वृद्धि भएपछि एमएडब्लु जेसीबीको ‘क्लब २०००’ को पहिलो सदस्य बनेको छ ।

२०१७ मा उसले दुई हजारभन्दा बढी जेसीबीका निर्माण उपकरणहरुको बिक्री गरेको थियो ।

अन्य कम्पनीले पनि आफ्नो उत्पादन नेपाल भित्र्याएका छन् । उनीहरुले नेपालमा बजार विस्तार हुँ दै गर्दा विभिन्न ब्यापार रणनीतिहरु अघि ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment