Comments Add Comment

लकिङ पिरियण खुलेसँगै अपिको मूल्यमा गिरावट


६ चैत, काठमाडौं । लकिङ पिरियण खुलेसँगै अपि हाइड्रोपावरको सेयर मूल्यमा दैनिक रुपमा उच्च गिरावट भएको छ । स्थानीयको लागि जारी भएको सेयर बाँडफाँट भएको ३ वर्षसम्म लकिङ पिरियणको रुपमा रहने गरेको छ । लकिङ पिरियण खुलेसँगै सेयरको आपुर्ति बढ्ने भएकोले मूल्य कम हुने प्रवृत्ति छ । बजार घट्दो क्रममा रहेकोले यसमा थप प्रभाव परेको हो ।

कम्पनीले प्रभावितको लागि १० लाख कित्ता सेयर जारी गरेको थियो । तीन सय ४६ रुपैयाँ मूल्य रहेको कम्पनीको सेयर तीन दिनमा घटेर दुई सय ७६ रुपैयाँमा कारोबार भइरहेको छ । नौं प्रतिशतको दरमा कम्पनीको मूल्य घटेको छ ।

कम्पनीले हकप्रद सेयर दिने तयारी गरेको लगभग दुई वर्ष बित्दा पनि पुरा नभएकोले पनि आकर्षण केही घटेको हो ।  कम्पनीबाट लगानीकर्ताले हालसम्म दुई पटक गरेर १३ प्रतिशत बोनस सेयर पाएका छन् ।

याे पनि हेराैं ः जलविद्युतको सेयरले किन फेरेन स्थानीवासीको मुहार ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment