Comments Add Comment

क्यानको विवाद चाँडै अन्त्य हुन्छः खेलकुदमन्त्री विश्वकर्मा

६ चैत, पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको विवाद छिट्टै अन्य हुने दाबी गरेका छन् । क्यान विवादले क्रिकेटको विकासमा अवरोध गरिरहेको भन्दै उनले आफूले कार्यभार सम्हालेलगत्तै विवाद अन्त्य गर्न निर्देशन दिएको बताए ।

खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री जगतले भने, ‘क्यान विवादबारे म जानकार छु, क्रिकेटको विकासको बाधक भनेकै क्यानको विवाद हो ।’

उनले अघि भने, ‘मैले विवाद अन्त्यका लागि निर्देशन दिइसकेको छु, मलाई विश्वास छ यो छिट्टै अन्त्य हुन्छ ।’

क्रिकेट खेलाडीले देशलाई एक दिवसीय मान्यता दिलाएर ऐतिहासिक उपलब्धी हासिल गरेको भन्दै उनले अब यो उत्साहलाई मर्न दिन नहुने बताए । यसका लागि राज्यले पहल गर्ने उनको दाबी छ ।

मन्त्री विश्वकर्माले २०१९ मा नेपालमा गर्ने भनिएको साग खेलकुद समयमै सम्पन्न गर्न पूर्वाधार निर्माणमा जोड दिइने बताए ।

खेलाडीहरुले खेलेरै बाँच्न सक्ने वातावरण निर्माणका लागि खेल नीति ल्याउन लागेको उनले बताए । साथै सात वटै प्रदेशका अन्र्तराष्ट्रिय स्तरका खेल मैदान बनाउने योजना रहेको उनले सुनाए ।

खेलकुद मन्त्री विश्वकर्माले पोखरा रंगशालाको क्रिकेट मैदान अन्तराष्ट्रिय स्तरकै बनाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment