Comments Add Comment

सुटिङका क्रममा घाइते भइन् आलिया भट्ट


बलिउड नायिका आलिया भट्ट चलचित्र सुटिङका क्रममा घाइते भएकी छिन् । बुल्गेरियामा चलचित्र ‘ब्रम्हास्त्र’ को सुटिङका क्रममा उनी घाइते हुन पुगेकी हुन् । डाक्टरहरुले उनलाई केही साता आराम गर्न सुझाव दिएका छन् ।

आलिया दृष्यलाई जीवन्तता दिन भन्दै घोडसवारी सिक्दै थिइन् । सोहीक्रममा एक्सनको दृष्य सुटिङ गर्दा उनी घाइते भएकी हुन् । उनको काँधमा गम्भीर चोट लागेको छ । उनले अब धेरै दिनसम्म सुटिङ गर्न सक्ने छैनन् । तर उनी तत्काल मुम्बई पनि नफर्कने मनस्थितिमा छिन् ।

केही दिनअघि व्यस्त सेड्यूलका कारण आलिया आफ्नो जन्मदिनमा पनि घर आउन सकिनन् । उनले आफ्नो जन्मदिन ‘ब्रम्हास्त्र’को सेटमा नै मनाएकी थिइन् । चलचित्रको टीमले सेलिब्रेसनको सम्पूर्ण व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment