Comments Add Comment

चिनियाँ राष्ट्रपतिले भने ‍- चीनको विकासप्रति अझै सन्तुष्ट हुन सकिदैन

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन आफ्नो विकासप्रति अझै सन्तुष्ट हुन नसकिने बताएका छन् ।

नेशनल पिपुल्स कंग्रेसको वार्षिक सभाको समापन मन्तव्य दिँदै राष्ट्रपति सीले चीन इतिहासको जटिल स्थितिमा रहेको भन्दै यसलाई समाजवादले मात्र बचाउन सक्ने बताएका छन् ।

‘इतिहासले यो प्रमाणित गरिसकेको छ र प्रमाणित गरिरहेको छ कि मात्र समाजवादले चीनलाई बचाउन सक्छ’ उनले भनेका छन् ।

चीन विश्व शक्तिको रुपमा अघि बढिरहेको भन्दै उनले विखण्डवाद र विभाजन स्वीकार गर्न नसकिने बताएका छन् । उनले ताइवानले बहिस्कार वा चीनको विभाजन गर्न सक्ने खतरा रहेको समेत चेतावनी दिएका छन् ।

नेशनल पिपुल्स कंग्रेसले दुई कार्यकालमात्र राष्ट्रपति हुन पाउने व्यवस्था हटाएपछि सी जिनपिङ  चीनका लागि आजीवन राष्ट्रपति बनेका छन् । यो निर्णय ३००० हजार प्रतिनिधिमा अत्यधिक बहुमतले पारित भएको छ ।

चीनको ग्रेट हल अफ दि पिपुलमा सीले चीनको विकासमा आफ्नो विशेष योजना प्रस्तुत गरे । उनले आफूले जनतालाई वास्तविक नायकको रुपमा देखेको बताउँदै आफू र सबै राजनीतिज्ञले जनताका चाहना पूरा गर्न कडा मिहिनेत गर्नुपर्ने बताएका छन् ।

चीनको विश्वशक्ति बन्ने महत्वाकांक्षाबारे उनले भनेका छन्, चीन बलियो हुनेछ तर आक्रामक हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment