Comments Add Comment

रौतहटमा इँट्टा उद्योगका कामदारमाथि गोली प्रहार

प्रतिकात्मक तस्वीर

६ चैत, रौतहट । रौतहटको कटहरिया नगरपालिका-८ स्थित एक इँट्टा उद्योगमा कार्यरत कामदारमाथि सोमवार राति अज्ञात व्यक्तिबाट गोली प्रहार भएको छ ।

कटहरिया-८ पिप्रापोखरियामा रहेको नेम इँट्टा उद्योगमा कार्यरत गरुडा नगरपालिका-५ का ५० वर्षीय कामदार राम असिष यादवमाथि सुतिरहेको अवस्थामा राति साढे ११ बजे गोली प्रहार भएको हो ।

यादवको ढाडमा गोली लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ढाडमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई गरुडामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको डीएसपी रामकुमार दानीले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा उनीसँगै काम गर्ने एकजना कामदारलाई नियन्त्रणमा लिएर अनुुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment