Comments Add Comment

चाबहिलबाट ४० तोला सुनसहित ३ जना समातिए

६ चैत, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा दुबई पुगेर फर्किएका कामदारलाई प्रयोग गरी सुन तस्करी गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको गल्याङका २३ वर्षीय चरमबहादुर केसी, हुलु–९ का २५ वर्षीय नारायण कुँवर र नवलपरासीको सुनवलका ३० वर्षीय खुमप्रसाद न्यौपाने छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपाली सुन तस्करका ‘भरिया’ !

उनीहरुलाई महागरीय प्रहरी वृत्त, गौशालाको टोलीले ९ वटा सुनको चुरा (३९.६९ तोला) सहित नियन्त्रणमा लिएको हो । वृत्तका डिएसपी अनुपम श्रेष्ठका अनुसार उनीहरुको साथबाट बरामद गरिएको सुनको मूल्य २२ लाख रुपैयाँ छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुनका गहना तस्करी हुने गरेको सूचनाका आधारमा अप्रशेन चलाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । सोही क्रममा उनीहरुलाई चाबहिलको गोपिकृष्ण हलको एक गेष्टहाउसबाट पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment