Comments Add Comment

कस्मेटिक्स पसले बनेर १४ लाख ठग्ने दाजुभाइ प्रहरी फन्दामा

६ चैत, काठमाडौं । व्यापारीको भेषमा लाखौं रुपैयाँ ठगी गर्ने दाजुभाइ काठमाडौं प्रहरी परिसरको फन्दामा परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज घर भइ काठमाडौं बस्दै आएका ३२ वर्षीय अनुपराज अर्याल र सोही ठाउँका ३४ वर्षीय सज्जन अर्याल छन् ।

उनीहरुले आफू कस्मेटिक सामान पसले भएको भन्दै व्यापारीलाई नागार्जुन–४ स्थित गोदाममा सामान राख्न लगाएर सामान लिएर गोदाम नै छाडेर भागेका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुले देविका ट्रेड कन्र्सन नामक पसल खोलेको बताउँदै विभिन्न व्यक्तिसँग १४ लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुबाट ठगिएको भन्दै प्रकाश ज्ञवाली, नवराज रिजाल, विनिता श्रेष्ठ लगागतले प्रहरीमा जाहेरी दिएका थिए ।

दुई दाजुभाइले आफ्नो विभिन्न नाम बताएर डेलिभरीपछि रकम दिने भन्ने र सामान आएपछि लिएर गायब गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment