Comments Add Comment

गृहमन्त्रीले बालकृष्ण ढुंगेललाई सुटुक्क भेटे

६ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कैद सजाय भुक्तान गरिरहेका पूर्व सभासद् बालकृष्ण ढुंगेलसँग सुटुक्क भेटघाट गरेका छन् ।

मंगलबार कारागारको निरीक्षणका लागि भन्दै त्यहाँ पुगेका गृहमन्त्री थापाले ढुंगेललाई पनि भेटेका हुन् । ढुंगेल द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

ढुंगेलसँगको भेटमा थापाले द्वन्द्वकालीन मुद्दालाई अरु मुद्दा जसरी हेर्न नमिल्ने भन्दै छुट्टै निर्णय गरेर रिहाइ गर्न पहल गर्ने बताए । ‘द्वन्द्वकालीन मुद्दालाई फरक ढंगले हेर्नु पर्छ’ उनले भने, ‘छुट्टै निर्णय गरेर रिहाइ गर्न पहल गर्छाैं ।’

भेटमा थापाले ढुंगेललाई उनको स्वास्थ्य स्थितिबारे चासो राखेका थिए । ढुंगेलले भने एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकताले जनतामा नयाँ आशा सिर्जना भएको भन्दै बधाइ दिएका थिए ।

ढुंगेल ०६४ सालमा ओखलढुंगाबाट सभासद्मा निर्वाचित भएका थिए ।

गृहमन्त्री थापाले जेल जीवन बिताइरहेका पुष्कर गौतमलाई पनि थापाले भेटेर रिहाइ गर्न पहल गर्ने आवश्वसन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment