Comments Add Comment

मस्ती टक:’प्रियंकालाई भेटेपछि बिहे चाडै गरेजस्तो लाग्छ’: दीपकराज गिरी

प्रियंका भन्छिन्-'मेरो संगत गरेपछि दीपक दाई ह्यान्डसम हुनुभयो'

 

कलाकार दीपकराज गिरी र नायिका प्रियंका कार्कीको माया गज्जबको छ । अनलाइनखबरको ‘मस्ती टक’मा निकै रमाइलो कुराकानी गर्ने क्रममा दीपक र प्रियंका निकै खुले । दीपकलाई प्रियंका ह्यान्डसम भन्छिन् । यता, प्रियंकालाई दीपक ‘ब्यूटिफूल’ भन्छन् ।

चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सत्रु गते’मा दीपक र प्रियंका ‘चोर र प्रहरी’को भूमिकामा छन् । दीपक चलचित्रमा ‘छक्का पन्जा २’को ह्याङ नआउने बताउँछन् । दीपकले आफूले यो चलचित्र गर्नुको कारण ‘राजा’को ह्याङओभरबाट छुटाउनु रहेको बताउँछन् ।

दीपक र प्रियंकाविचको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोलाः


चलचित्रको पर्दामा आफूले अरुको प्रेम टुटाएपनि रियल लाइफमा कसैको प्रेम नटुटाउने दीपकले बताए । साथै, उनले प्रियंकाको प्रेम पनि नटुटाउने बताए ।
दीपकका अनुसार महिलाको मनमा धेरै माया हुन्छ ।

प्रियंकाको कुरा सुन्दा तपाइलाई बिहे चाडै गरेजस्तै लाग्दैन भन्ने प्रश्नमा दीपकले हाँस्दै भने-‘मलाई त उहिले नै लागेको हो ।’ यसो भन्दै गर्दा प्रियंकाले दीपकसँग आफ्नो चलचित्र भन्दा बाहिरी दुनियाँमा अझै राम्रो सम्बन्ध रहेको सुनाइन् । उनले, यसका लागि आफू ‘मर्न पनि तयार, मार्न पनि तयार’ रहने बताइन् ।

रमाइलो गेम खेल्ने क्रममा दीपक र प्रियंकाले शत्रु बन्न मानेनन् । दीपकले रिङ लगाइदिएपछि मख्ख पर्दै पि्रयंकाले ‘रिङ भन्दा तिमी नै राम्रो’ भन्दै प्रतिक्रिया दिइन् ।

चलचित्रमा प्रहरीको भूमिकामा काम गर्दा कस्तो लाग्यो भन्ने प्रश्नमा नायिका कार्कीले भनिन्-‘मलाई पुलिस, वकिल जस्ता भूमिका पहिलेदेखि नै गर्न मन लागेको थियो । यसैले, यो चलचित्रबाट मैले ठूलो आशा राखेको छु ।’

प्रियंकालाई हामीले सोध्यौ, तपाई रियल लाइफमा प्रहरी बन्नुभयो भने कसलाई मायाको गिरफ्तार गर्नुहुन्छ ? उनले भनिन्-‘म दीपक बाहेक अरुलाई गिरफ्तार गर्नै सक्दिनँ ।’

दीपकले प्रियंकाबाहेक आफूले अरुसँग जोडी वाध्दा दर्शक नै अब दोधारमा पर्ने भन्दै उनीसँग काम गर्न सजिलो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment