Comments Add Comment

गिरिजालाई सम्झिँदै प्रचण्डले भने- सत्ता पक्ष र प्रतिपक्ष एकजुट हुनुपर्छ

७ चैत, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरु राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्ने बताएका छन् । सत्ता पक्ष र प्रतिपक्ष एक नभएमा राष्ट्र समृद्धिको अभियान पूरा नहुने उनको भनाइ थियो ।

गिरिजा प्रसाद कोइरालाको स्मृति दिवसमा बुधबार जिपी कोइराला मेमोरियल कलेजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘सत्ता पक्ष र प्रतिपक्षको रुपमा हामी राजनीतिक प्रतिस्पर्धा गर्छौं, गर्नु पनि पर्छ तर राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्छ ।’

उनले विगतमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर नै निरंकुश तन्त्र फालेको, गणतन्त्र ल्याएको, संविधान जारी गरेको र अहिले संविधान कार्यान्वयन गरेको स्मरण गरे । अब देशलाई समृद्ध बनाउन सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए ।

‘देशको हालतलाई राम्रोसँग बुझेर, राजामहाराजाको कूनियतलाई बुझेर नै गिरिजाबाबुले सहमति, सहकार्य र एकताको बाटो हिँड्नु जरुरी छ भन्नुभएको थियो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘यो भावनालाई हामी अगाडि बढाऔं, गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धान्जली, सम्मान हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment