Comments Add Comment

अस्ट्रेलियाको उत्तरी शहर डार्बिनमा पहिलोपटक नेपाल फेस्टिवल हुँदै

२१ मार्च, डार्बिन । अस्ट्रेलियाको उत्तरी शहर डार्बिनमा पहिलोपटक नेपाल फेस्टिवल हुने भएको छ ।

नेपाली भाषा, कला, संस्कृती, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका बिभिन्न समुदायवीच प्रबर्द्धन गर्ने उदेश्यले डार्बिन शहरमा अप्रील-१४  मा पहिलोपटक नेपाल महोत्सवको आयोजना गर्न लागिएको हो ।

एनएएनटी र एनआरएनए-नोर्दन टेरिटोरी, अष्ट्रेलियाको संयुक्त आयोजनामा हुन लागेको ‘नेपाल फेस्टिभल तथा नयाँ वर्ष – २०७५’ यही अप्रील १४ तारिख दिउँसो ३ बजेदेखि डार्बिनको मुटुमा अबस्थित ‘वाटरफ्रन्ट’ मा सम्पन्न हुँदैछ । र, उक्त महोत्सवको स्लोगन राखिएको छ – ‘वन कन्ट्री; मेनी इस्टोरिज’ तथा एक देश, धेरै कथाहरु  ।

एनटी गभर्मेन्ट, डार्बिन वाटरफ्रन्ट कपरेशनलगायत अन्य प्रायोजकहरुको सहयोगमा हुन गैरहेकोले महोत्सव नेपाली समुदायको अहिलेसम्म कै ठूलो र भब्य हुने आयोजकहरुले विश्वास लिएका छन्  । जसले अस्ट्रेलिया र नेपालवीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रबर्द्धन गर्ने छ ।

नेपाललाई चिनाउँदै र पर्यटनलाई प्रबर्द्धन गर्दै महोत्सवमा खासगरी नेपाल हाउसको प्रदर्शन, परेड, लाखे नाँच, कुमारी नाँच, नेपाललाई झल्काउने खालका सामग्रीहरुको प्रदर्शनी स्टलहरु, नेपाली भेषभूषाको प्रदर्शन हुने छ ।

यस्तै मौलिक खानाका परिकार तथा ब्यवसायहरुलाई प्रबर्द्धन गर्ने खालका स्टलहरु लगायत स्थानीय कलाकरुहरुको सांस्कृतिक प्रस्तुतिका साथै नेपालका ‘द एड्ज ब्याण्ड’लगायतका चर्चित साङगीतिक समूहहरु र संगीतकर्मीहरुको पनि प्रस्तुती हुनेछ ।

साथै, महोत्सवमा एनएएनटीको दशौं वार्षिकोत्सवका कार्यक्रम पनि समावेस हुने आयोजाकहरुले जनाएका छन्  ।

नेपाल फेस्टिवल नेपालीको पहिचान झल्काउने कार्यक्रम भएकोले सबै डार्बिनवासी र आसपासका नेपालीहरु उपस्थित भइ कार्यक्रम भव्यता साथ सफल बनाउन आयोजकहरुले अनुरोध गरेका छन्।

अस्ट्रेलियाको उत्तरी शहर डार्बिनमै पहिलोपटक हुन गैरहेको महोत्सवसँग सम्बन्धित सम्पूर्ण जानकारी तथा गतिविधिहरु एनएएनटी र एनआरएनए-डार्बिन-डार्बिनको फेसबुक पेजमामा अद्यावधिक भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment