Comments Add Comment

बाटोमा हिँड्दा ७ पटक हजारको नोट भेटेँः ऋचा शर्मा

नायिका ऋचा शर्मा आफ्नो आगामी फिल्म ‘केसरी’ लाई लिएर निकै उत्साहित छिन् । ‘हरर’ जनराको यो फिल्ममा उनको रुपरंग डरलाग्दो देखिन्छ ।

आफ्नो फिल्मले दर्शकलाई तर्साउछ भन्नेमा विश्वस्त छिन् उनी । ऋचा नेपाली चलचित्रकी चुजी नायिकाको रुपमा चिनिन्छिन् । उनले धेरैवटा राम्रा फिल्म पाएकी छिन् र दमदार अभिनय पनि देखाएकी छिन् ।

यो पटक ऋचासँग हामीले ‘पैसा संवाद’ गरेका छौं । उनले आफूलाई निकै खर्चिलो व्यक्ति बताइन् । बाँकी के-के भनिन् त ?

तपाईंको पर्समा प्रायः कति पैसा हुन्छ ?

यति नै भनेर त कसरी भन्नु । हाम्रोमा अझै पनि पारिश्रमिक बैंकमा जम्मा गरिदिने चलन छैन । कहिलेकाहीँ त दुई-तीन लाख पनि बोकेर हिँड्नुपर्ने हुन्छ । नत्र दुई चार हजार त टुट्दैन ।

तपाईं कत्तिको खर्चालु व्यक्ति हो ?

ब्यापक खर्चालु छु । मेरो त हातमा पैसा बस्दै बस्दैन । भएपछि खर्च भैहाल्छ ।

महिनामा कति खर्च हुन्छ ?

सुटिङ भएको बेला खास खर्च हुँदैन । अरु बेलामा आफ्नो लागि मात्रै मासिक न्यूनतम २० हजार खर्च हुन्छ ।

जीवनको पहिलो कमाई केबाट कहिले गर्नुभयो ?

म्युजिक भिडियोमा काम गरेवापत ४ हजार पाएकी थिएँ । दुई हजार चाहीँ आमालाई दिएँ । अरु पैसा आफैंले खर्च गरेँ ।

तपाईंसँग कतिवटा बैकका एटीएम छन् ? बैंक ब्यालेन्स कति छ ?

एटीएम तीनवटा बैंकको बोक्छु । बैंक ब्यालेन्स चाहीँ नभनौ होला ।

तपाईंको ऋण कति छ ?

ऋण तिर्नुपर्ने त छैन । बरु लिनुपर्ने पैसा होला ७ लाख जति ।

ऋण दिएर नउठेका घटना छन् कि छैनन् ?

त्यस्तो छैन । लिनुपर्ने पैसा जसरी पनि आउछ भन्नेमा आशावादी छु ।

पैसा हराएको वा भेट्नुभएको छ कि छैन ?

कहिलेकाहीँ हजार-पाँच सयको नोट हराएको छु । बाटोमा हिँड्दा पैसा भेटेको पनि छु । मलाई अचम्म लाग्छ, म हिँड्दा बारम्बार पैसा भट्छु । अहिलेसम्म हजारकै नोट ७ पटक जति भेटेको छु । भेटेको पैसा टिप्छु । वरिपरी कोही छ भने सोध्छु पनि । कसैले दावी नगरे आफैं बोकेर हिँड्छु ।

पैसा नभएर गर्न नसकेको कुनै काम ?

त्यस्तो त भैहाल्छ । तर, अहिले यो चाहीँ गर्नै सकिनँ भनेर गुनासै गर्नुपर्ने अवस्था चाहिँ छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment