Comments Add Comment

राष्ट्रिय मुद्दामा दलहरु एकजुट हुनुपर्छः प्रचण्ड

७ चैत, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष दलहरु एकजुट हुनुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष दलहरु एकजुट नभए मुलुकलाई समृद्ध बनाउने अभियान पूरा नहुने स्पष्ट पारे ।

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले गिरिजाप्रसाद कोइरालाले देखाएको सहमति, सहकार्य र एकताको बाटोबाट मात्रै मुलुकमा विद्यमान सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले दलहरुवीचको एकताबाटै मुलुकमा गणतन्त्र आएको, संविधान जारी भएको र संविधान कार्यान्वयनको संवेदनशील चरण पार गरिएको उल्लेख गर्दै दलीय एकताकै बलमा मुलुकमा विकास र समृद्धिको अभियानलाई सफल बनाउन सम्भव हुने बताए।

गिरिजाप्रसाद कोइरालाले गणतन्त्र स्थापनाका लागि खेलेको नेतृत्वदायी भूमिकाको समेत प्रचण्डले चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment