Comments Add Comment

बोल्ड साम्राज्ञी र चिसोको कनेक्शन


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बोल्ड शैलीले पनि दर्शकलाई आकर्षित गरेको छ । साम्राज्ञी चलचित्रको पर्दामा चिसो होस् या गर्मी मौसम किन नहोस्, निकै बोल्ड बन्छिन् । सायद, यहि भएर पनि होला उनको फिगर र बोल्ड शैलीले दर्शकलाई आकषिर्त गरेको छ ।

केहि चलचित्रमा काम गर्दा नै स्टारडमको एउटा उचाइमा पुग्न थालेकी यी नायिका र जाडोविच गज्जबकै कनेक्शन छ । यो कनेक्शन स्वयंम आज नायिकाले नै खुलासा गरेकी छिन् । साम्राज्ञी अभिनित चलचित्र ‘तिमीसँग’को शिर्ष गीत आज रिलिज भएको छ । सो गीतको छायांकन पनि चिसो मौसममा गरिएको थियो । साम्राज्ञीले भनिन्-‘चिसो जति सबै मेरै भागमा पर्ने रहेछ । यसमा पनि काम गर्दा चिसोले खुबै सतायो ।’

साम्राज्ञीले यसअगाडि काम गरेको चलचित्र ‘ए मेरो हजुर २’मा पनि चिसोले उनलाई हैरानी बनाएको थियो । यो चलचित्रको एउटा गीतको छायांकन तिलिचो तालमा गरिएको थियो । जहाँ, साम्राज्ञीलाई चिसोले निकै सताएको थियो ।

पहिलो चलचित्र ‘ड्रिम्स’को एउटा गीतमा पनि साम्राज्ञी बोल्ड देखिएकी छिन् । साम्राज्ञी जतिसुकै चिसो मौसममा पनि बोल्ड पहिरन लगाउन खप्पिस छिन् । सायद, उनी र जाडोविच गजबकै कनेक्शन हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment