Comments Add Comment

नेप्से दुई वर्षयताकै न्युन, लगानीकर्तामा धैर्यता कायमै !

दोस्रो चक्रको उच्च विन्दु ११७५ नजिक नेप्से

७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज दुई वर्षयता कै न्युन विन्दुमा आइपुगेको छ । नेप्से २४.४० अंकले घटेर १२ सय ३१ विन्दुमा आइपुगेको हो ।

यसअघि नेप्से २०७२ माघ १७ गते १२ सय २० विन्दुमा थियो । नेप्से परिसूचक बुधवार आइपुगेको विन्दु २०७२ माघ १७ यताकै सबैभन्दा न्युन विन्दु हो । नेप्से दोस्रो चक्रमा कायम भएको उच्च विन्दु ११७५ कै आसपासमा आएको छ । पहिलो चक्रमा नेप्सेले ५ सयमा र तेस्रो चक्रमा १८ सय ८१ उच्च तह भेटेको थियो ।

दुई सय ९२ को तहबाट बढेको नेप्से हाल १८८१ को उच्च बिन्दु भेटेर घट्ने क्रममा छ । बजार घट्दो क्रममा रहेपनि लगानीकर्ताले धैर्यता भने नगुमाएको सेयर विश्लेषक प्रकाश तिवारी बताउछन् ।

‘बजारमा धेरैले घाटा खाएका छन् । तर, अब उनीहरु कम मूल्यमा नबेच्ने रणनीतिमा बसेका छन्,’ तिवारीले भने । ३७ करोड रुपैयाँको सेयर कारोबार बुधबार भएको छ । बजारका लगानीकर्तामा सरकारले जारी गर्ने स्वेत पत्रको अपेक्षा रहेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउछन् ।

‘लगानीकर्ताहरुमा सरकारले जारी गर्ने भनेको स्वेत पत्रको पखाई रहेको छ,’ अर्याल बताउछन् । कतिपय विश्लेषक तथा सेयर लगानीकर्ता डिम्याट र चुक्ता पुँजी वृद्धिको कारण बजारमा आएको उछालपछिको गिरावटको रुपमा अहिलेको बजारलाई लिन्छन् ।

‘डिम्याट सुरु हुँदा आपुर्ति कम हुने अवस्थाले पनि बजारमा उछाल देखिएको थियो, पछि चुक्ता पुँजी वृद्धिले लाभांशको आशमा मूल्यमा उच्च वृद्धि भयो,’ विश्लेषक तिवारीको विश्लेषण छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको पुँजी पुर्याइसकेका छन् ।

बोनस र हकप्रद दिदा थप पुँजी बढ्ने अवस्था छ । हाल बढ्दो पुँजी अनुसार व्यवसाय विस्तार गर्न समस्या भइरहेको र प्रतिफल पनि घट्ने सम्भावनाको कारण बैंकका व्यवस्थापन पक्ष आगामी दिनमा पुँजी वृद्धिमा जान अनिइच्छुक हुने सम्भावना छ । यसको प्रभाव पनि बजारमा परेको छ ।

यही वर्षको उच्चतम विन्दु १७ सय हाराहारीमा प्रवेश गरेका लगानीकर्ताहरुले अधिकांश कम्पनीमा ५० प्रतिशतसम्म नोक्सान व्यहोर्न परिरहेको छ । यही कारण पनि लगानीकर्ताहरु तत्काल थप लगानी गर्न सक्ने अवस्थामा नदेखिएको बजारमा सरोकारवालाहरु बताउछन् ।

सरकारबाट जारी हुने स्वेतपत्र र अनलाइन सेयर कारोबार प्रणाली आएमा भने यिनको कारण बजारमा केही करेक्सन आउने अपेक्षा अर्का विश्लेषक अमृत नाथ रेग्मीको रहेको छ ।

अन्य विश्लेषकहरु भने यो वृद्धि उच्च दरमा हुनेमा भने शंका गर्न थालेका छन् । ‘असारपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण आउनेछ, तर अहिलेको अवस्थासम्म हेर्दा उनीहरुको प्रतिफल १० देखि २० प्रतिशतकै हाराहारीमा हुन सक्छ, यसो भएमा बजार थप घट्न सक्छ,’ एक विश्लेषकले भने ।

बैंकहरुमा बढ्दो व्याजदर र घट्दो नाफादरको असर देखिन सक्ने उनको भनाई छ । हुनतः चैत मसान्तमा बैंकबाट सेयर खरिद गरेकाहरुलाई साँवा तथा व्याजको किस्ता तिनुपर्ने हुन्छ । बजार घट्दो अवस्थामा रहेकोले मार्जिन कल आउने र लगानीकर्ताले समेत धितो बढाउन पर्ने हुनसक्छ । यसको दबाब लगानीकर्तामा कस्तो पर्छ यसले पनि कस्तो चाप पर्छ देखिने उनी बताउछन् ।

बुधवार बजारमा आएको मध्य उत्पादनमुलक समूहबाहेक सबै समूहको परिसूचक घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment