Comments Add Comment

प्रदिप भन्छन्-‘अनमोल सुपरस्टार, म मिहिनेती’


नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय केहि आशा लाग्दा नायकहरुको प्रवेश भएसँगै दर्शक पनि हलसम्म आउन थालेका छन् । चकलेटी, अभिनय राम्रो गर्ने कलाकारको प्रवेशसँगै उनीहरुले दर्शकलाई पनि आकषिर्त गर्न थालेका छन् । योसँगै, केहि नायकहरुविछ ‘सुपरस्टार, नम्बर १’ को ? भन्ने बहस पनि सुरु भएको छ ।

फ्यानहरुविच पनि यो र त्यो नायक सुपरस्टार भन्ने बहस छेडिएको छ । जसले, कलाकारप्रति दर्शकको आकर्षण त बढाएको छ नै, कलाकारमा पनि पारिश्रमिकदेखि स्टारडमको लडाई सुरु भएको छ ।

पछिल्ला पुस्ताका चर्चित नायक हुन् अनमोल केसी र प्रदिप खड्का । अहिले, सर्वाधिक फ्यान कसैको छन् भने अनमोल र प्रदिपकै छन् । तर, अनमोल र प्रदिपलाई नम्बर १, सुपरस्टार भन्दै फ्यानहरुविच बहस पनि देखिएको छ ।

यो बहसमा विचमा नायक प्रदिप खड्काले मुख खोलेका छन् । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा उनले आफूलाई ‘मिहिनेती’ कलाकार भनेका छन् । उनलाई सोधिएको थियो, ‘तपाई नेपालको ‘सुपरस्टार कि मिहिनेती कलाकार ?’ जसमा जवाफ दिदै प्रदिपले भने-‘म मिहिनेती कलाकार ।’ अनी सुपरस्टार को त ? यसमा प्रदिपले भने-‘सुपरस्टार अनमोल केसी ।’

प्रदिपले आफूलाई आफ्नो उचाई कम भएको भन्दै कहिलेकाही अनमोलको जस्तो हाइट किन नभएको होला भन्ने लाग्ने गरेको खुलाए । उनले, लगातार ५ वटा चलचित्र हिट दिएका अनमोल ‘सुपरस्टार’ भएको बताए ।

चलचित्र क्षेत्रमा अनमोल र प्रदिपविच शितयुद्ध जस्तै छ भनिन्छ । तर, प्रदिपले अनमोललाई ‘सुपरस्टार’को ट्याग दिएका छन् । बाहिरी मिडियामा जे जस्ता खबर आएपनि अनमोल र प्रदिपविच सुमधुर सम्बन्ध रहेको यसबाट पनि वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment