Comments Add Comment

जसिताको सुन्दरता


नव-नायिका जसिता गुरुङ अहिले चर्चामा छिन् । उनले, अभिनय गरेको चलचित्र ‘लिलिबिली’ यहि चैत्र ३० गतेबाट रिलिज हुँदैछ । यसकारण, पनि जसिता अहिले चलचित्रको प्रमोशनमा दौडधुप गरिरहेकी छिन् ।

यो चलचित्रको व्यापार हेरेर मात्र अर्को चलचित्रमा साइन गर्ने उनको योजना छ । तर, उनलाई चलचित्रको ट्रेलर सार्वजनिक भएपछि भने अन्य निर्माताले अफर गरेका छन् ।

जसिता आफूलाई सबैले आँखा राम्रो भन्ने गरेको बताउँछिन् । तर, नायिका हुन अनुहार मात्र राम्रो भएर नहुने उनको वुझाई छ । यसका लागि अभिनयमा पनि निखारता ल्याउन आवश्यक रहेको उनले सुनाइन् । नायक प्रदिप खड्काको फ्यान रहेकी जसिता उनीसँग नै चलचित्रमा काम गर्न पाउँदा खुशी छिन् ।

जसिता आफू चलचित्र क्षेत्रमा नै लाग्ने योजनामा रहेको बताउँछिन् । जसिता बेलायतमा बस्दै आएकी छिन् ।

तस्बिरः शंकर गिरी

जसिता र प्रदिपसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment