Comments Add Comment

डीपीएलको खेल तालिका सार्वजनिक, पहिलो दिन टिम चौराहाविरुद्ध काठमाडौं

७ चैत, काठमाडौं । धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजकले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार १७ गते पहिलो दिन धनगढीको टिम चौराहा र काठमाडौं गोल्डेनबीच खेल हुनेछ ।

प्रतियोगितामा २५ गतेसम्म लिग चरणको खेल हुनेछ भने २७ र २८ गते क्वालिफायर चरणका खेल हुनेछ । त्यस्तै चैत ३० गते फाइनल खेल हुनेछ ।

विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालेका आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ ।

आईसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै यसवर्ष विदेशी खेलाडीहरु पनि भित्र्याउने टिमहरुको तयारी छ ।

हेर्नुस् खेल तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment