Comments Add Comment

आरोही महिला पत्रकारलाई जनजाति महिला महासंघ बेलायतको सहयोग

७ चैत, काठमाडौँ । आगामी अप्रील र मे महिनामा सगरमाथा आरोहणको तयारी गरिरहेका प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ समूहलाई जनजाति महिला महासंघले अार्थिक सहयोग गरेको छ । संस्थाले काठमाडैंमै ६४ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

संस्थाकी नवलक्ष्मी राईले रकम हस्तान्तरणा गर्ने कार्यक्रम भएपनि आन्तरिक समस्याका कारण सीता राईले संस्थाको प्रतिनिधित्व हस्तान्तरण गरेकी हुन् ।

अारोही महिला पत्रकारहरूलार्इ आर्थिक सहयोग जुटाउने क्रममा आदिवासी जनजाति महिला महासंघ बेलायतले पनि सहयोग गरेको हो ।

नेपाली युवा महिला पत्रकारहरुले सगरमाथा आरोहणको लागि देखाएको साहस र  हिम्मतको कदर गर्दै आर्थिक सहयोग प्रदान गरेको संस्थाले जनाएको छ ।

समूहमा  राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत,  न्यूज-२४ टेलिभिजनकी  प्रिया लक्ष्मी कार्की, मेगा टेलिभिजनकी कल्पना महर्जन,  नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य र स्वतन्त्र पत्रकार देउराली चामलिङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment