Comments Add Comment

सुन्धाराको गुलाव मिठाइ पसलमा आगलागी, २ जनाको उद्दार

७ चैत, काठमाडौं । राजधानीको सुन्धारास्थित गुलाव मिठाइ पसलमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । पसलभित्र रहेका उनीहरुलाई सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक रिपोर्ट अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

आगलागी भएको घरको अन्डरग्राउण्डमा पार्किङ स्टोर रहेको बताइएको छ । त्यहाँ जेनेरेट, डिजेल, कोइला लगायतका सामग्री राखिएका थिए ।

आगलागी भएको पसल सीटीसी महल नजिकै रहेको छ । अहिले आगो नियन्त्रणमा लागि दमकल र सुरक्षाकर्मीको टोली खटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment