Comments Add Comment

हेटौंडामा सुमार्गीपत्नीले मन्त्रीलाई ‘तिमी’ भनेपछि…

 हेटौंडा पुगेका प्रचण्ड सुमार्गी निवासमा तीनघण्टा !

७ चैत, हेटौंडा । मन्त्रीलाई तिमी भन्ने आँट सितिमिति कसैको हुँदैन । परिवारका जेष्ठ सदस्यबाहेक आम मान्छेले मन्त्रीलाई प्रयोग गर्ने शब्द आदरार्थी नै हुन्छन् । तर, हेटौंडामा एक ब्यापारिक घरानाकी महिलाले प्रदेश सरकारका मन्त्रीलाई ‘तिमी पनि यहाँ ?’ भनेर सार्वजनिकरुपमै प्रश्न गरेपछि केहीबेर खैलाबैला मच्चियो ।

माओवादी अध्यक्ष प्रचण्ड हेटौंडा पुगेका बेला उनलाई भेट्न पुगेका प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाललाई व्यवसायी अजेयराज सुमार्गीकी पत्नी अस्मिता सुमार्गीले सोधिन्– ‘ए तिमी पनि यहाँ ?’

हेडौंडा मुकाममै बसेर मन्त्रालय हाँकिरहेका मन्त्री दुलाल अस्मिताको प्रश्न सुनेर अक्क न बक्क भए । अनि खिस्स हाँस्दै भने– ‘अँ म यतै छु ।’

मन्त्री दुलालको उत्तर नसकिँदै अस्मिताका पति अजेयराज सुमार्गीले ‘उहाँ अहिले प्रदेशको मन्त्री हुनहुन्छ’ भने ।

लगत्तै अस्मिताले भनिन्– ए, थाहा थिएन ।

मन्त्रीलाई व्यापारीकी पत्नीले तिमी भनेर सबैका सामु सम्बोधन गरेपछि हेटौंडामा तरंग पैदा भएको छ ।

सुमार्गीले व्यवस्थापन गरेको हेलिकोप्टरमा सिराहा पुगेर मंगलवार साँझ फर्किएका प्रचण्ड हेटौंडामा लामो समय सुमार्गी परिवारसँगै रहे । प्रचण्ड तीन घण्टा सुमार्गीको निवासमा बसेका थिए । उनले त्यहाँ केही गोप्य भेटघाटसमेत गरेका थिए ।

बुधवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कुनै औपचारिक कार्यक्रम बिना नै हेटौंडामा आएको बताए ।

प्रचण्डसँगै रहँदासमेत पटक–पटक सुमार्गीको घरमा पुगेका प्रदेश मन्त्री दुलाललाई गरिएको सम्बोधनले भने हेटौंडामा अहिले निकै चर्चा पाएको छ ।

कुनैबेला प्रचण्डको अंगरक्षक रहेका मन्त्री दुलाललाई प्रचण्ड परिवारसँग उठबस गरेकी अस्मिताले सायद यसअघि पनि यसै गरी तिमी भन्थिन् कि ?

यो पनि पढ्नुहोस्

प्रदेश ३ को राजधानी सार्न असम्भवः प्रचण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment