Comments Add Comment

वेष्टइण्डिजले काट्यो विश्वकपको टिकट, स्कटल्याण्डलार्इ वर्षाले डुवायो

७ चैत, काठमाडौं । वेष्टइण्डिजले विश्वकप क्रिकेटमा स्थान सुरक्षित गरेको छ । स्कटल्याण्डविरुद्ध हरारेमा भएको खेल पानीले अवरुद्ध भएपछि डीएल मेथडका आधारमा वेष्टइण्डिज ५ रनले विजयी बन्यो ।

जितसँगै ८ अंक जोडेको वेष्टइण्डिजले विश्वकपमा स्थान बनायो । तर, स्कटल्याण्डको भने ५ अंक मात्र छ र विश्वकप खेल्ने सम्भावना निकै कम छ ।

१९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले वर्षाले खेल रोकिनुअघि ३५.२ ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले ४८.४ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनाएको थियो । उसको सुरुवात निकै खराब थियो । २ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । क्रिस गेलले खाता नै खोल्न सकेनन् ।

तर, इभिन लुइस र मार्लोन सामुअलले तेसो विकेटका लागि १२१ रनको साझेदारी गरे । लुइस ६६ रन बनाए भने सामुअलले ५५ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment