Comments Add Comment

रक्षामन्त्री पोखरेल फास्ट ट्र्याक निरीक्षणमा

फास्ट ट्र्याक निरीक्षणमा जान लागेका रक्षामन्त्री ईश्वर पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर: आरसी लामिछाने

८ चैत, काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल काठमाडौं-निजगढ फास्ट ट्र्याक निरीक्षणमा निस्किएका छन् । उनी नेपाली सेनाको हेलिकोप्टर चढेर कामको प्रगति बुझ्न काठमाडौंबाट प्रस्थान गरेका हुन् । साथमा रक्षा मन्त्रालयका सचिव विनोद केसी र नेपाली सेनाका केही अधिकारीहरू पनि छन् ।

७६ किलोमिटर लामो काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

यो द्रुतमार्ग निर्माण भएमा काठमाडौंबाट तराई मधेस एक घण्टामै पुगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment